एबिसीकर्मी आस्थालाई एकता सहकारी पत्रकारिता पुरस्कार

पाेखरा | भदौ १७, २०७९

एबिसीकर्मी आस्थालाई एकता सहकारी पत्रकारिता पुरस्कार

पोखरा :  पोखरास्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एबीसीकर्मी एमबी आस्था मगर सम्मानित गरेको छ । 

 

संस्थाको एघारौं साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा पोखरामा रहेर एबिसी टेलिभिजन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरलाई एकता पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । 

 

कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्मा, सहकारीका अध्यक्ष बालासिंह काउछा मगर, रुपा गाउपालिकाका अध्यक्ष नवराज शर्मा लगायतले अबिर, खादा, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए । 

 

पत्रकार एमबी आस्थासँगै सहकारीले कलाकारिता पुरस्कारबाट सरिता सारु मगर, जनप्रतिनिधि सम्मान अन्तर्गत रुपा गाउँपालिका प्रमुख नबराज ओझा, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य भिम कुमारी पुन गर्बुजा र पोखरा महानगरपालिका वाड प्रतिनिधि कृष्णहरि काफ्लेलाई सम्मान गरेको थियो ।

 

एकता सहकारीले आफ्ना जेष्ठ नागरिक शेयर सदस्यमा महिला तर्फ बालमाया श्रेष्ठ, पुरुष तर्फ कुलप्रसाद अधिकारि, उत्कृष्ट कारोबार  कर्तामा महिला तर्फ धनमाया राना, पुरुष तर्फ छमबहादुर खत्री, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ५ भित्र राजिब शर्मा, बिस्णु के सि अधिकारी, नारायणी अधिकारी सुबेदि, आस्था पौडेल  र बुद्ध कुमारी खड्कालाई सम्मान  गरेको छ । 

 

त्यस्तै उत्कृष्ट कर्मचारीहरुमा कर्जा बिभाग प्रमुख शर्मिला केसी, काउण्टर बिभाग प्रमुख अमृता रेगामी र बजार प्रतिनिधि यसोदा श्रेष्ठ थापा मगरलाई सम्मान गरेको थियो ।

 

एकता बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशनबाट  सुदर्शन पौडेलको अध्यक्षता ९ सदस्यीय संचालक समिति र लेखा समिति निर्बिरोध निर्बाचित गरेको छ । निर्बाचित समितिमा अध्यक्षमा सुदर्शन पौडेल, उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिव राम बहादुर मगर, कोषाध्यक्ष  खुम थापा मगर रहेका छन् ।

 

सदस्यहरुमा ज्योति तामाङ, बिस्णु के सि अधिकारी , शक्ति बराल, बालुमाया पुन र प्रकाश के सि रहेका छन । त्यस्तैगरी लेखा समिति  संयोजकमा बिश्वनाथ ओझा र सदस्यहरुमा देब कुमारी गुरुङ र प्रकाश पुन रहेका छन । 

 

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारीको माध्यामबाट सवैलाई जोड्ने काम भएकाले यसमा रहेका सम्पूर्ण शेयर सदस्यहरुले उत्पादनमुखी काममा सहकारीलाई जोड्नुपर्ने बताइन् ।

 

रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले सहकारीहरु अब शहरमुखी नभइ गाउमुखी हुनुपर्ने बताउदै आफ्नो पालिकामा कुनैपनि सहकारीले कृषि लगायतका उत्पादनमुखी क्षेत्रमा लगानी गर्न चाहेमा आफुले जग्गा उपलब्ध गराउने बताए । 

 

कार्यक्रम संस्थाका अध्यक्ष बालासिंङ काउछा मगरको अध्यक्षता, उपाध्यक्ष नवराज सुवेदीको स्वागत र सचिव तिलकप्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्